एजेन्सी- लामो समयदेखि प्रेम सम्बन्धमा रहेका भारतीय स्टार रणवीर कपुर र आलिया भट्टको विवाहको तयारी भएको छ। पारिवारिक स्रोतका अनुसार उनीहरुले काश्मीमा विवाह गर्ने तयारी गरेका छन्।
रणवीर र आलियाका अभिभावक पनि यो विवाहलाई लिएर खुसी छन्। रणवीरका पिता ऋषि कपुरले चाँडै उनीहरुको विवाह गरिदिने बताइसकेका छन् भने आलियाका पिता महेश भट्टले पनि यो सम्बन्धलाई स्वीकृति दिइसकेका छन्।
रणवीर र आलियाको सम्बन्धलाई नजिकबाट नियाल्नेहरु भन्छन्, ‘दुवै जना विवाहबन्धनमा बाँधिन तयार छन् र उनीहरु २०२० मा विवाह गर्दैछन्। निःसन्देह यो आगामी वर्षको चर्चित विवाहमध्ये एक हुने छ।’
उनीहरुले विवाहको प्लानिक गर्न सुरु गरिसकेको पनि सूत्रहरुले बताएका छन्। उनीहरु यो विवाह भारतभित्रै र त्यसमा पनि काश्मीरमा गर्ने तयारीमा छन्।
काश्मीर आलियालाई धेरै मनपर्ने क्षेत्र हो। मेघना गुलजारको फिल्म ‘राजी’ को सुटिङको लागि उनी २०१७ मा काश्मीर गएकी थिइन्। श्रीनगरमा उक्त फिल्मको सुटिङ भएको थियो।
सुटिङका क्रममा काश्मीरको सौन्दर्यले आलियाको मन खिचेको थियो। त्यही कारण उनले काश्मिरमै विवाह गर्ने चाहना राखेको समाचार एजेन्सीहरुले जनाएका छन्। आलियाको फैसलालाई रणवीरले पनि स्वीकार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।