एजेन्सी- बलिउडमा आजभोलि विक्की कौशल र क्याटरिना कैफको अफेयरको चर्चा छ। दुवै जना विभिन्न स्थानमा सँगै देखिएपछि उनीहरुको प्रेम गहिरो हुँदै गएको चर्चा पनि चुलिएको छ। क्याटरिना र विक्कीले नयाँ वर्ष सँगै मनाउन चाहेको हल्ला पनि चलिरहेको छ। दुवै न्यु इयर इभमा होलिडे मनाउन कुनै एकान्त स्थानमा घुम्न जाने योजना बनाइरहको पाइएको छ।
मुम्बई मिररका अनुसार क्याटरिना र विक्की दुवै एक अर्कालाई भरपुर समय दिइरहेका छन्। साथै एक आसपमा करिब हुँदै पनि छन्। पहिले दुवै एकसाथ देखिन अस्वीकार गर्दै आएका थिए तर आजभोलि उनीहरु उत्साही रुपमा एकसाथ देखिन थालेका छन्।
अहिले उनीहरु सँगै घुमफिर गर्न कुनै समस्या नभएको बताउँदै आएका छन्। दुवैले आफ्नो सुरु भएको सम्बन्धलाई मजवुत बनाउन र घुमाइको आनन्द लिन नयाँ वर्षलाई रोजेका छन्। तर दुवैले औपचारिक रुपमा आफ्नो सम्बन्ध स्वीकार गरेका छैनन्। तर सार्वजनिक भएका तस्बिर र उनीहरुको उपस्थितिले भने उनीहरु लब इन रिलेसनमा रहेको बुझ्न सकिन्छ।
उनीहरुका नजिक व्यक्तिका अनुसार यी दुवै यो सम्बन्धलाई अगाडि बढाउन तयार रहेका छन्। विक्की क्याटरिनाको सुन्दरतादेखि मन्त्रमुग्घ छन्। हर समय आफ्ना साथीहरुसँग उनले क्याटरिनाको प्रशंसा गर्ने गरेका छन्।
हालै उनीहरु मुम्बईको एक होटलमा सँगै डिनर गरिरहेको तस्बिर कैद भएको थियो। डिनरपछि दुवैले होटलका मालिकसँग पनि फोटो सुट गरेका थिए। पछिल्लो तिहारदेखि दुवैका बीचमा गहिरो सम्बन्ध विकास भएको हो। यही समयदेखि विक्की र क्याटरिनाका बीचमा अफेयर सुरु भएको हल्ला चलेको थियो।
विक्की कौशल अहिले सरदार उद्धम सिंहको सुटिङ्गमा रहेका छन्। यस बाहेक भूत पार्ट १ मा पनि काम गरिरहेका छन्। क्याटरिना अक्षय कुमारको अपोजिटमा सूर्यवंशीमा व्यस्त रहेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।