काठमाडौं- नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले समयमा युनियनको महाधिवेशन गर्न नसकेकोमा क्षमायाचना गरेका छन्। युनियनको नवौं महाधिवेशनको लागि बिहीबार र शुक्रबार (मंसिर २८ र २९) मिति तय गरिएको थियो।
सिग्देलले विज्ञप्तिमार्फत ‘निर्धारित नवौं महाधिवेशन तोकिएको सीमाभित्रै सम्पन्न गर्न राष्ट्रिय र अत्यन्तै महत्वपूर्ण सवालका कारणले असमर्थ देखिएको’ उल्लेख गरेका छन्।
तीन तहको निर्वाचन, कम्युनिष्ट नेतृत्वको दुई तिहाइ बहुमतको सरकारले प्रेसको घाँटी निमोठ्ने कार्य गरेको र त्यसका विरुद्ध आन्दोलन गर्नुपरेकोले समयमा महाविधेशन गर्न नसकेको कारण औंल्याइएको छ। पार्टीको महासमिति बैठक,जागरण अभियान, उपनिर्वाचनलाई पनि महाधिवेशन हुन नसक्नुका कारण बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।