उधौलीको रौनक [फोटोफिचर]

निमेष जंग राई | २०७६ मङ्सिर २६ बिहीबार | Thursday, December 12, 2019 १९:०५:०० मा प्रकाशित

काठमाडौं- मंसिर शुक्ल पूर्णिमाको दिन बिहीबार किरात समुदायले उधौली पर्व मनाए।

तीन दिन अघिदेखि सुरु भएको यो पर्वको तेस्रो दिन किरात समुदायका राई, लिम्बु, सुनार र याक्खा जातिले संयुक्त रुपमा उघौली पर्व मनाएका हुन्।

किरात समुदायमा वैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ।

काठमाडौं उपत्यकामा भने ललितपुरको सानो हात्तीवनमा रहेको ऐतिहासिक तीर्थस्थलमा पुगेर किरातहरूले उधौली पर्व विशेष रुपमा मनाउने गरिन्छ।

सानो हात्तीवन किरात माङ्हिम व्यवस्थापन समितिका सल्लाहकार राजबहादुर राईले किरात समुदायले वैशाख शुक्लपक्षमा बाली लगाउने बेला उभौली पर्व मनाउने र मंसिरमा अन्नबाली घर भित्र्याएपछि प्रकृति र पितृलाई स्मरण गर्ने परम्पराअनुसार उधौली मनाउने गरिएको बताए।

उभौलीमा खेतिपाती लगाउने बेला भएकाले खेतिपाती राम्रो होस् भनी पुजा गर्ने र उधौलीमा खोतिपाती राम्रो भएकोमा प्रकृति, भूमि, किरा फट्याङ्ग्रा, चराचुरुङ्गीलाई धन्यवाद दिने र पितृको सम्मान गर्ने पर्वको रुपमा मनाउने समितिका अध्यक्ष दुर्गामणि देवानले बताए। उनले ललितपुरको हात्तीवनमा १ सय ९ वर्ष पहिलेदेखि संयुक्त रुपमा चारवटै किरात समुदायले उधौली पर्व मनाउँदै आएको बताए।

उधौली पर्वका तस्वीहरूः