काठमाडौं- यस वर्षको मिस नेपाल विजेता अनुष्का श्रेष्ठले लन्डनमा आयोजना हुने मिस वर्ल्डमा सहभागी हुँदै बिहीबार प्रतियोगिताको सबटाइटल मल्टिमिडिया अवार्ड जितेकी छन्।
अघिल्लो संस्करणमा पनि नेपालकी शृंखला खतिवडाले उक्त टाइटल जितेकी थिइन्। मल्टिमिडिया अवार्ड जितेपछि खुसी व्यक्त गर्दै अनुष्काले आफूलाई मत दिने सबैप्रति आभार व्यक्त गरेकी छन्।
भोटिङका आधारमा हुने यो अवार्डका लागि अनुष्का टप ३ मा परेकी थिइन्।
लन्डन एक्सेल हलमा ताजका लागि शनिबार हुने ६९औं मिस वर्ल्ड प्रतियोगितामा १ सय ११ मुलुकका सुन्दरीहरूले प्रतिस्पर्धा गर्दैछन्।
उक्त प्रतियोगितामा नेपाली सुन्दरी अनुष्काले दुई चरणमा हुने ‘हेड टू हेड’ च्यालेञ्ज जितेर आफूलाई टप ४० मा पुर्याएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।