पाेखरा- आईएमई नेपाल लिट्रेचर फेस्टिबलको आठौं संस्करण पाेखरामा सुरु भएकाे छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङको प्रमुख आतिथ्यतामा फेस्टिबलको उद्घाटन भयो।
शुक्रबार भएकाे उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री गुरूङले पोखरा पर्यटनमात्र नभई कला साहित्य र ज्ञानको केन्द्रको रूपमा पनि स्थापित भएको बताए। 'जनताको जीवनस्तर उकास्न र समृद्धिको लागि कला साहित्यको महत्वपूर्ण भूमिका रहन्छ। साहित्य विचार प्रदान र कलात्मक हुनुपर्छ। जसले पाठकको चेतनास्तर उकास्न भूमिका खेल्छ,' मुख्यमन्त्री गुरूङले भने।
उद्घाटन सत्रमा डा. देवेन्द्रराज पाण्डेले 'लोकतन्त्रको विकास र सार्वजनिक दायित्व'बारे प्रवचन दिए भने सुन्दास दिदीबहिनी (अनिता, ममता र मनिता)ले वेद वाचन गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।