काठमाडौं- सवारीसाधनमा प्रयोग गर्न लागिएको उच्च प्रविधियुक्त नम्बर प्लेट ‘इम्बोस्ड’का लागि सवारी धनीको करिब ७ अर्ब रुपैयाँ खर्च हुने भएको छ।
सवारीको वर्ग अनुसार इम्बोस्ड नम्बर प्लेटको मूल्य निर्धारण सिफरिस गरिएको छ। उक्त मूल्य भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाएको कमिटीले निर्धारण गरेको हो।
यसअघि जोडान भएका सवारी धनीले पनि सरकारले तोकेअनुसार नै शुल्क तिरेका थिए। कमिटिले न्यूनतम २५ सय देखि ३६ सय रुपैयाँ लागत राख्दै तीन तहको मूल्य सिफारिस गरेको छ।
हालसम्म देशभर ३५ लाखभन्दा बढी सवारी दर्ता भएका छन्।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले नै परिकल्पना गरेको उच्च प्रविधिको नम्बर प्लेट अब भने लागु हुने चरणमा गएको छ।
भौतिक मन्त्रालय अन्तर्गतको कमिटीको सिफारिसअनुसार मोटरसाइकल तथा स्कुटर धनीले इम्बोस्ड नम्बर जडानमा २५ सय रुपैयाँ खर्च गर्नु पर्नेछ।
यसैगरी कार/जिप/भ्यान तथा ट्क्याटरले ३२ सय र यस बाहेकका सबै प्रकारका ठूला सवारी साधनमा सवारी धनीले इम्बोस्ड नम्बर जडान गर्दा ३६ सय रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ।
एउटा सवारीसाधनमा अगाडि र पछाडि दुई ठाउँमा इम्बोस्ड नम्बर प्लेट जडान हुन्छ। त्यही प्लेटमा प्रयोग भएको स्टिकरलाई ‘आरएफआईडी स्टिकर’ भनिन्छ। यही स्टिकरलाई आरएफआइडी ट्र्याकिङ गेटमा प्रयोग भएको ‘रेडियो फ्रिक्वेन्सी आइडन्टिफिकेसन डिभाइस’ ले क्याप्चर गरेर सम्पूर्ण विवरण हेर्ने हो।
यसको माध्यमबाट सवारीसाधन कहाँ बनेको, कसको हो, कसले प्रयोग गरिरहेको छ, कुन ठाउँको कहाँ पुगेको छ, जस्ता सबै तथ्य यातायात व्यवस्था विभाग कार्यालय अथवा ट्राफिक कक्षमा बसेर थाहा पाउन सकिन्छ।
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रयोग गरिसकेपछि ५ देखि १० वर्षसम्म परिवर्तन गर्नु नपर्ने हुन्छ। परिवर्तन गर्नु परेमा प्लेट कसेको लक नै काट्नुपर्ने हुन्छ। सवारीसाधन दुर्घटनामा परेर टुट्फुट भएमा मात्र प्लेट परिर्वतन गर्न सकिन्छ।
पाँच वर्षभित्र देशभरका सबै सावरी साधनमा इम्बोस्ड नम्बर जडानको लागि अनुमती पाएको बंगलादेश र अमेरिकन संयुक्त कम्पनी डेकाटोर टाइगरले करिब ५ हजार सवारीमा प्लेट जडान समेत गरिसकेको थियो। अदालतले रिट खारेज गरेसँगै यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान अगाडि बढाउने भएको छ। ‘अदालतको पूर्ण पाठ आएपछि हामी कार्यान्वयनमा जान्छौं‚’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने‚ ‘अदालतले के भनेको छ त्यो हेरेर आवश्यक कदम चाल्छौं।’
आइएफआइडी गेट निर्माण अन्यौलमा
इम्बोस्ड नम्बर प्लेट जडान रोकिएसँगै आइएफआइडी ट्र्याकिङ गेट निर्माणको काम समेत अगाडि बढ्न सकेको छैन। आइएफआइडी गेटको काम सवारी साधनमा जडान गरिएको प्लेटमा रहेको चिप्सलाई ट्र्याकिङ गर्दै विवरण हेर्न मिल्ने गेट हो।
उपत्यकामा छिर्ने पाँच ठाउँमा र उपत्यका बाहिर पाँच ठाउँमा यस्तो गेट निर्माण हुने छ। एउटा सवारीसाधनमा अगाडि र पछाडि गरी दुई ठाउँमा इम्बोस्ड नम्बर प्लेट जडान गरिन्छ। त्यही प्लेटमा प्रयोग भएको स्टिकरलाई ‘आरएफआइडी स्टिकर’ भनिन्छ। यही स्टिकरलाई आरएफआइडी ट्र्याकिङ गेटमा प्रयोग भएको ‘रेडियो फ्रिक्वेन्सी आइडन्टिफिकेसन डिभाइस’ले क्याप्चर गरेर सम्पूर्ण विवरण हेर्न मिल्छ।
के हो इम्बोस्ड नम्बर ?
इम्बोस्ड नम्बर एक प्रकारको डिजिडल नम्बर प्लेट हो। यातायात व्यवस्था विभागले उच्च प्रविधिको नम्बर प्लेट भनेर परिभाषा गरेको छ। मोटरसाइकलको पछाडि र अन्य सवारीको अगाडि सिसामा नम्बर प्लेट ‘सिंगल स्क्रोल लक’ प्रणालीमा जडान हुन्छ।
यसलाई कसैले पनि निकाल्न सक्दैन। नम्बर प्लेटमा एउटा चिप्ससहितको स्टिकर हुन्छ। स्टिकरलाई आरएफआईडी भनिन्छ। आरएफआईडी भनेको ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ हो। सोही स्टिकरमा विभागले सवारीधनीको विवरणसहित साधन कहाँ बनेको, इन्जिन नम्बर, सवारीले कर तिरेको मिति, ठाउँलगायत विवरण राखेको हुन्छ।
फाइदा के ?
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएपछि कुन सवारी कुन ठाउँमा गइरहेको छ। कहाँबाट कुन सवारी उपत्यका छिरेको छ। कसले प्रयोग गरिरहेको छ। कसको सवारी हो सबै विवरण विभागका कर्मचारी तथा ट्राफिक प्रहरीले सहजै थाहा पाउन सक्नेछन्। यो नम्बर प्लेट जडान भएपछि सवारीसाधनले राज्यलाई तिर्नुपर्ने कर दाखिला गरे/नगरेको थाहा हुने र चोरीका सवारीसाधन प्रयोग अन्त्य हुने अधिकारीहरुको भनाइ छ।
यसका कारण वर्षौंसम्म राज्यलाई सवारी कर नतिर्ने सवारीधनी पनि करको दायरामा आउने उनको विश्वास छ। सवारी प्रयोग गरी हुने आपराधिक घटना शून्य हुनेछ। सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रयोग गरिसकेपछि पुनः पाँचदेखि १० वर्षसम्म परिवर्तन गर्न नपर्ने र गर्नै परे प्लेटको लक काट्नु पर्ने अवस्था आउँछ। सवारीसाधन दुर्घटनामा परेर टुटफुट भए मात्र प्लेट परिर्वतन गर्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।