काठमाडौं– अभिनेता विपिन कार्कीको प्रमुख भूमिका रहेको फिल्म ‘सेल्फी किङ’को गीत सार्वजनिक भएको छ। ‘जाली रुमाल’ बोलको गीतमा अभिनेत्री केकी अधिकारीले नृत्य गरेकी छिन्।
अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेका गीतमा बी पाण्डेको शब्द र सुवास भुषालको संगीत रहेको छ।
आगामी माघ २४ गते रिलिज हुने तयारीमा रहेको यो फिल्मलाई निर्देशक दिनेश राउतले निर्माण गरेका हुन्। विशाल सापकोटाले निर्देशन रहेको फिल्म हास्यकलाकारको जीवनमा आधारित रहेको बताइएको छ। फिल्ममा विपिनले हास्यकलाकार ‘सेल्फी किङ’को चरित्रमा देखिँदैछन्।
फिल्ममा विपिनसँगै लक्ष्मी बर्देवा, अभय बराल, भुवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई, सविन बाँस्तोला, वालदीप राई, अमितेश शाह, इन्द्र दोङ लामा, कमल देवकोटा लगायत कलाकारको समेत अभिनय रहेको छ। जीवन थापाको सम्पादन रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् ।
यो फिल्मको पोस्टर र टिजर हलिउड चर्चित फिल्म ‘जोकर’सँग प्रभावित देखिएको टिप्पणी समेत भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।