काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सेवाग्राहीको हितमा काम गर्न श्रम कार्यालय जनकपुरका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
कार्यालयको निरीक्षणका क्रममा मन्त्री यादवले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन्।
जनकपुरस्थित श्रम कार्यालय सेवाग्राहीको पहुँचबाट टाढा रहेकाले सेवाग्राहीलाई सहज हुने ठाउँमा सार्न समेत मन्त्री यादवले निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।