निर्देशक समाजमा रक्षासिंह राणा

नेपाल लाइभ | २०७६ मङ्सिर २८ शनिबार | Saturday, December 14, 2019 २१:१६:०० मा प्रकाशित

काठमाडौं– निर्देशक समाजमा रक्षा सिंह राणाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। 

उपाध्यक्षमा राजु अधिकारी र राजेन्द्र उप्रेती, महासचिवमा जनकदीप पराजुली, सचिवमा अरुणकुमार प्रधान निर्वाचित भएका छन्।  कोषाध्यक्षमा समुन्द्र भट्ट, 
सहकोषाध्यक्षमा हरि सिलवाल र सदस्यमा  किशोर भण्डारी निर्विरोध निर्वाचित भएका हुन्। अन्य सदस्यमा भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे, नविन अवाल, थमन सिंह पुर्जा र सुरेश न्यौपाने निर्वाचित भएका छन्।