धनुषा बिस्फोटः आइतबार धनुषाका संस्थागत विद्यालय बन्द हुने  

नेपाल लाइभ | २०७६ मङ्सिर २८ शनिबार | Saturday, December 14, 2019 २१:२७:०० मा प्रकाशित

जनकपुर– धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बम विस्फोटमा परी एक विद्यार्थीको समेत मृत्यु भएपछि जिल्लाका सम्पूर्ण संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

बिस्फोटमा जनकपुरस्थित सिद्धार्थ शिशु सदनको कक्षा १० मा अध्ययनरत छात्र आनन्द साहको मृत्यु भएको हो । घटनामा उनका बुवा राजेश साहको पनि मृत्यु भएको छ। यसैगरी बिस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहालको समेत मृत्यु भएको छ।
संस्थागत विद्यालय संरक्षण समितिको शनिबारको बैठकले घटनाप्रति दुःखव्यक्त गर्दै आइतबार एक दिन सम्पूर्ण संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको एनप्याबसन धनुषाका अध्यक्ष चन्द्रनारायण मण्डलले जानकारी दिए।
संस्थागत विद्यालय संरक्षण समितिले जारी गरेको विज्ञप्तिमा बम विस्फोटको घटनाले आफूहरुलाई स्तब्ध बनाएको बताउँदै शोकमा एक दिन विद्यालय बन्द गर्ने उल्लेख गरिएको छ।