महिलाकाे शव शौचालयको सेफ्टीट्याङ्कीमा फेला, हत्या आरोपमा तीन जना पक्राउ

नेपाल लाइभ | २०७६ मङ्सिर २९ आइतबार | Sunday, December 15, 2019 ०८:१०:०० मा प्रकाशित

धादिङ-  महिलाकाे हत्या गरेकाे आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सो गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मंसिर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा फालिएकाे थियाे।

मृतक तामाङको शव शौचालयको सेफ्टीट्याङ्कीमा ब्ल्याङ्केटले बेरेर फालिएको अवस्थामा भेटिएपछि उनका पति २३ वर्षीय अर्जुन थापामगरसहित ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए।

मृतक तामाङको शव परीक्षणका लागि जिल्ला अस्पताल राखिएको छ।  घटनाको थप अनुसन्धान गरिने उनले बताए। रासस