विराटनगर- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयहरु रुग्ण उद्योग जस्ता भएको बताएका छन्।
शिक्षालाई उत्पादनमा जोड्न नसक्दा अधिकांश सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तो भएको उनले बताए। उत्पादनमा जोडिए विद्यालययहरुको सवलीकरणको प्रकृया अघि बढ्ने उनकाे भनाइ थियो।
प्रेस सङ्गठन नेपाल मोरङद्वारा शनिबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘उत्पादनसँग जोडिएका विद्यालयहरु सबल र स्तरीय भएका उदाहरण पनि थप्रै छन्।’ सरकारले अहिले सबै सार्वजनिक स्कुलहरुलाई सवलीकरण गर्ने प्रकृया सुरु गरेको उनले बताए।
‘स्कुलको दुईवटा कार्यभार हुन्छ। एउटा शिक्षात्मक कार्यभार अर्को स्कुल विकाससँग गासिनुपर्छ।’ उनले भने, 'जुन विद्यालय शिक्षात्मक काममा मात्रै सीमित भए तिनीहरुले धेरै विकास गर्न सकेनन्।' नेपालमा साधारण शिक्षा ८० प्रतिशत र प्राविधिक शिक्षा २० प्रतिशतमात्र अध्ययन भइरहेकाले शिक्षाको विकास हुन नसकेको उनकाे जिकिर थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।