काठमाडौं- भारतीय कम्पनीमा बीमा गराउने काम रोक्नको लागि बीमा समितिले नेपाल भारत सिमानामा होर्डिङ बोर्ड राखेको छ।
बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईँको उपस्थितीमा रुपन्देहीको बेलहिया नाकामा होर्डिङबोर्ड राखिएको हो। कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी (निम्स)को लुम्बिनी क्षेत्रका पदाधिकारी समेत सहभागी थिए।
‘नेपाली बीमा कम्पनीमा बीमा गरौं, राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउ’ भन्ने नाराका साथ होर्डिङ बोर्ड राखिएको बीमा समितिले जनाएको छ। समितिले नेपाल भारत सीमा नाकामा नेपाली बीमा कम्पनीमा बीमा गर्नको लागि चेतना जगाउने होर्डिङ बोर्ड राख्ने नीति बनाएको छ।
यस्तै समितिले नेपाल अपांग आश्रम बुटवल देवीनगरमा खाद्यान्य तथा आवश्यक सामग्री समेत सहयोग गरेको छ। बीमा समितिका अध्यक्ष चापागाईँले सहयोग रकम हस्तान्तरण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।