काठमाडौं– नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले थप दुई नयाँ गन्तव्यमा आगामी मार्चदेखि उडान सुरु गर्ने भएको छ। निगमले मार्च पहिलो सातादेखि जापानको नारिता र चीनको ग्वाञ्जाउ उडान गर्ने जनाएको छ।
निगमको मंसिर २६ गते बसेको कार्यकारी समितिको बैठकले हाल उडान गरिरहेका अन्तर्राष्ट्रिय गन्तव्यहरुका अतिरिक्त थप दुई गन्तव्यमा नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भ सँगै उडान सुरु गर्ने निर्णय गरेको हो।
दुई गन्तव्यमा उडान थपिएपछि पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि हुनुका साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्ने निगमको दाबी छ।
यसपछि निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा जापानको नारिता, चीनको ग्वाञ्जाउ, भारतको दिल्ली, बैंगलौर, मुम्बई, बैंकक, मलेसिया, दुबई, दोहा र हङकङ गरी अन्तर्राष्ट्रिय स्तरमा १० गन्तव्य हुने भएको छ।
निगमसँग हाल दुई ए३२० न्यारोबडी र दुई ए३३० वाइडबडी विमान छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।