काठमाडौं- अघिल्लो साता कारोबारको पाँचै दिन उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस साता कारोबारको पहिलो दिन भने फेरि घटेको छ। आइतबार नेप्से परिसूचक ४ दशमलव ७८ अंकले घटेर १ हजार १ सय ६७ दशमलव ८६ अंक कायम भएको छ।
आइतबार १ सय ७२ वटा कम्पनीको २० लाख ७२ हजार २ सय ३६ कित्ता सेयर ९ हजार ५ सय ५१ पटक खरिदबिक्री हुँदा ६८ करोड ६० लाख ७६ हजार १ सय ११ रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ८ अंकले बढेर २ सय ५५ दशमलव ६७ अंकमा कायम भएको छ।
बैंकिङ, व्यापार र अन्य समूहको उपसूचक क्रमशः २ दशमलव ८२, १५ दशमलव ९२ र २ दशमलव २९ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक १ सय ५१ दशमलव ९२ अंकले घटेको छ।
आइतबार एनएमबी बैंकको सेयर मात्रै ६ करोड ३५ लाख १५ हजार रुपैयाँ बढीको कारोबार भएको छ। बढी कारोबार हुने अरु कम्पनीहरुमा नविल बैंक लिमिटेडको ४ करोड ५४ लाख ८२ हजार, स्वावलम्बन विकास बैंक लिमिटेड प्रमोटर सेयर ३ करोड ८५ लाख ६१ हजार, एनआइसी एसिया बैंकको २ करोड ६१ लाख ४९ हजार र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ३१ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
सबैभन्दा बढी कमाउनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा शेर्पा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ६ दशमलव ४ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।