काठमाडौं– नेपालका ३ वटा कृषि फर्मबाट असल कृषि अभ्यास लागू गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।
असल कृषि अभ्याससम्बन्धी निर्देशिका २०७५ अनुसार ३ वटा कृषि फर्ममा असल कृषि अभ्यास लागू गरी प्रमाणीकरणको अन्तिम चरणमा पुगेको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए।
असल कृषि अभ्यास लागू गरिएका ३ वटा फर्महरुमा कृषि परियोजना टिकाथली (२ सय रोपनी) महालक्ष्मी नगरपालिका ५ टिकाथली, विशेष सदावहार कृषि फर्म (४६ रोपनी) नागार्जुन नगरपालिका-८ रामकोट तथा मैत्रीमंगलम् अर्गानिक कृषि फार्म (१ सय १ रोपनी) नागार्जुन नगरपालिका रामकोट-६ रहेका छन्।
यी कृषि फर्मलाई प्रमाणीकरण गरी असल कृषि अभ्यासको प्रमाणपत्र प्रदान गरिने साथै बिस्तारै देशैभरि असल कृषि अभ्यास लागू गरिने विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।