काठमाडौं– नेपालका ५ वटा (४ प्रतिशत) होटलले खाद्य स्वच्छताको अत्युत्तम ३ तारे हरियो स्टिकर प्राप्त गरेका छन्।
आर्थिक वर्ष २०७६/०७७ को प्रथम चौमासिकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र मातहतका कार्यालयहरुले स्तरीकरण गरेका १ सय १५ वटा होटल तथा रेष्टुरेन्टमध्ये ५ वटा अर्थात् ४ प्रतिशतले अति उत्तम (३ तारे) हरियो स्टिकर प्राप्त गरेका हुन्।
जसमध्ये २३ वटा (२० प्रतिशत)ले उत्तम (ग्रिन स्टीकर विथ टु स्टार ) दुई तारे हरियो स्टिकर प्राप्त गरेका छन्।
३६ वटा (३१ प्रतिशत) ले सन्तोषजनक (ग्रिन स्टीकर विथ वान स्टार) एक तारे हरियो स्टिकर प्राप्त गरेका छन्। सबैभन्दा बढी ५१ वटा(४५ प्रतिशत) ले सामान्य स्तर (एल्लो स्टिकर विथआउट स्टार) ताराविहीन पहेँलो स्टिकर प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।