एनआइसी एसिया बैंकका दुई नयाँ शाखा सञ्चालनमा

नेपाल लाइभ | २०७६ मङ्सिर ३० सोमबार | Monday, December 16, 2019 १३:२८:०० मा प्रकाशित

काठमाडौं– एनआइसी एसिया बैंकको दुई नयाँ शाखा ललितपुरको मंगलबजार र काठमाडौंको दरबारमार्गमा एकसाथ सञ्चालनमा आएका छन्। 

ललितपुरको पाटनस्थित मंगलबजार शाखा र  काठमाडौंको दरबारमार्गस्थित दरबारमार्ग शाखा आइतबारबाट सञ्चालनमा आएका हुन। मंगलबजार शाखाकोे उद्घाटन सोही वडाका वडाध्यक्ष्य नारायणलाल अवाले र दरबारमार्ग शाखाकोे उद्घाटन एनआइसी एसिया बैंकका उप–प्रादेशिक कार्यालय काठमाडौंका प्रमुख तेजराज तिमिल्सिनाले गरे। यी दुई नयाँ शाखा सञ्चालनमा आएसँगै ललितपुर र काठमाडौँ क्षेत्रका ग्राहकलाईसेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ।

एनआइसी एसिया बैंकले मुलुकभर ३ सय ११ शाखा कार्यालयहरु, ४ सय ३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।