काठमाडौं– इलेक्ट्रोनिक्स ब्राण्ड सिजिले यो जाडोलाई लक्षित गरि हरेक सिजिको फ्रन्ट लोड वासिङ्ग मेसिनको खरिदमा सिजिको आकर्षक इलेक्ट्रिक हिटर उपहारस्वरुप उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।
छिटो छरितो धुलाइको साथै अत्याधुनिक प्रविधिसहितको ३६० डिग्री डाइमेन्सनल क्लिन केयरको सुविधासहित फ्रन्ट लोड वासिङ्ग मेसिनहरुमा दश वर्षसम्मको वारेन्टी छ। सिजि वासिङ्ग मेसिनले चिसोको समयमा कपडा धुने कामलाई सहज बनाउनुका साथ साथै हिटरले न्यानो प्रदान गराउने उद्देश्यले यो योजना ल्याइएको सिजिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।