महोत्तरी- महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकामा राष्ट्रिय जनता पार्टीका मेयर उम्मेदवार रामशंकर मिश्र ५१८० मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरमका सुरेश साहले ३३६२ मत प्राप्त गरे।
उपमेयरमा राजपाकै मुन्चुनदेवी ४५६६ मत ल्याई विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अनिता देवी शर्माले २११७ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।