पर्सा- पर्साको जिरा-भवानी गाउँपालिका अध्यक्षमा एमालेका रामप्रित महतोले जित हासिल गरेका छन्।
महतोले २ हजार ९ सय ५९ मत ल्याए भने उनका मुख्य प्रतिद्वन्दी नेपाली कांग्रेसका महावीर प्रसाद महतोले २ हजार २ सय ८७ मत प्राप्त गरे।
उपाध्यक्षमा एमालेकै उषा चौधरी २ हजार ५ सय ३८ मतका साथ विजयी भइन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी रेखा चौधरीले २ हजार ३३ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।