कपिलवस्तु- कपिलवस्तुको हिलवर्ट इङलिस बोर्डिङ स्कुलले जिल्लामै पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि हासिल गर्न सफल भएको छ।
भारतको लखनउस्थित सिटी मन्टेश्वरीले आयोजना गरेको प्रतियोगितामा ‘गिनिज बुक अफ वर्ड रेकर्ड’मा नाम लेखाउन सफल मन्टेश्वरीमा भएको चार प्रतियोगिता लिग अफ नेसन, क्याल्डिसकोप, एक्स्प्रेसिभ र पोष्टर मेकिङमध्ये लिग अफ नेसनलको उत्कृष्ट १० मा पर्दै कपिलवस्तुको वाणगंगा–२ पिपरामा रहेको हिलवर्ट इङलिस बोर्डिङ स्कुलले ‘मस्ट अफेवल अन्तर्राष्ट्रिय अवार्ड’ पाएका छन्।
हालै सम्पन्न सो प्रतियोगितामा विश्वका करिब ८६ टिम सहभागी रहेका थिए । श्रीलंका, कतार, बंगलादेशलगायतका देशका प्रतिस्पर्धीलाई पछि पार्दै मस्ट अफेबल अन्तर्राष्ट्रिय अवार्डको पुरस्कार पाउन सफल भएको विद्यालयका सहप्राचार्य केदार ज्ञवालीले जानकारी दिए।
प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत छात्र निर्मलकुमार अर्याल र कक्षा ८ मा अध्ययनत छात्र सम्राट घिमिरेको समूहले सहभागिता जनाएको थियो । सो विद्यालयले नेपालले दिगो विकासमा भोगेका समस्यालाई उठान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।