• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ११, २०८२ Fri, Dec 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

दुर्घटना न्यूनीकरण गर्ने उपायको सुझाव दराजमा, के भनेको थियो २०७१ मा बनेको उपसमितिले?

64x64
नेपाल लाइभ सोमबार, पुस १४, २०७६  १२:५५
1140x725

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विसं २०७१ मंसिर २८ गते दुर्घटना न्यूनीकरण गर्ने सुझाव दिन उपसमिति गठन गरेको थियो। मन्त्रिपरिषद्को २०१७ मंसिर २५ गतेको निर्णयअनुसार मन्त्रालयका सचिवको संयोजगत्वमा गठित कार्यदलले उक्त उपसमिति बनाएको थियो।

सो कार्यदलमा यातायात व्यवस्था विभागका तत्कालीन निर्देशक मुक्ति केसी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक वसन्त पन्त, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिडिई (मेकानिकल) नविनकुमार पोख्रेल र मन्त्रालयका कानुन अधिकृत कृष्णकुमार कार्की सदस्य थिए। कार्यदलले भौतिक पूर्वाधार मन्त्रालयलाई ०७१ पुस ७ गते प्रतिवेदन बुझाएको थियो।

उपसमितिले सवारी दुर्घटनाका कारणहरु औंल्याएकाे थियाे। जुन यस प्रकार छन्ः 

१. मानवीय कारणः ८७ प्रतिशतभन्दा बढी सवारी दुर्घटना मानवीय कारणबाट हुने गरेको विभिन्न समयमा गठित छानविन समितिको अभिलेखबाट देखिन्छ। मानवीय कारणभित्र निम्न कारणहरु रहेका छन्ः
-चालकको कारण
-ट्राफिक नियम तथा सडक सुरक्षा प्रति वेवास्ता
-लापरबाही साथ सवारी चलाउनु
-गतल तरिकाले ओभरटेक गर्नु
-लेन अनुशासनको उल्लंघन गर्नु
-मादक पदार्थ तथा अन्य लागुपदार्थ सेवन गरी सवारी चलाउने
-तनाव र थकानको अवस्थामा सवारी चलाउनु पर्ने बाध्यता
-मोबाइल फोन प्रयोग गरी सवारी चलाउनु
-अस्वस्थ्य प्रतिस्पर्धा
-पैदलयात्री तथा अन्य सर्वसाधारण
-जथाभावी बाटो काट्ने
-उचित तरिकाले सडक प्रयोग गर्ने सम्बन्धमा जानकारी नहुनु
-ट्राफिक नियम र सुरक्षित यात्राप्रति वेवास्ता
-जथाभाजी सार्वजनिक सवारी साधन चढ्ने र ओराल्ने
-सवारी साधनमा झुण्डिएर र छतमा बसी यात्रा गर्ने
-सडक तथा किनारामा जथाभावी बिस्कुन सुकाउने
-सडकमा पशुपन्छी तथा चौपाया छाडा छाड्ने
-सडक अतिक्रमण गरि फुटपाथमा व्यापार गर्ने
-राजमार्ग/सडक किनारामा होटल संचालन गर्ने

२. यान्त्रिक कारणः सवारी साधनको नियमित मर्मत सम्भार नगर्ने, पुराना जीर्ण अवस्थाका सवारी साधनहरु सञ्चालन गर्नाले दुर्घटना हुने गरेको पाइएको छ। २० वर्षभन्दा पुराना गाडी पत्रु नगर्ने एवं नयाँ सवारीलाई सुगमस्थलमा प्रयोग गरी पुराना र मिति पुगेका सवारीलाई पहाडी तथा कठिन सडकमा कुदाउँनु पनि सवारी दुर्घटनाको कारण रहेका छन्।
- ब्रेक फेल
- स्टेरिङ फेल
- पता भाँचिने
- प्राविधिक ज्ञानको अभाव
- टायर फुट्ने तथा खिइने
- आर्टिफिसियल सिट राख्ने
- नक्कली पार्टपुर्जाको प्रयोग

३. सडकः नेपालकाे हालसम्म १२ हजार ४ सय ९४ किमि सडक मध्ये ३५ प्रतिशत कच्ची धुले सडक रहेको छ। त्यसैगरी १४ प्रतिशत ग्रावेल र ५.१ प्रतिशत पक्की सडक रहेको छ। (यो तत्कालिन समयको सडक हो। अहिले सडकको लम्बाई बढेको पक्कै छ भने प्रतिशतका आधारमा हेर्दा धुले, ग्रावेल र पक्की सडकको प्रतिशत भने उस्तै छ।) हाल अधिकांश दुर्घटनाहरु सडकको निम्न अवस्थाका कारण भइरहेको पाइन्छ।
-कच्ची धुले सडक
-सार्प बेन्ड
-ब्लाइन्ड स्पेस
-वैज्ञानिकपद्धति सडककाे कमी (इन्जिनियरिङमापदण्ड नपुगेको)
-सडक पूर्वाधारमा कमजोर
-सार्प स्लोप
-साँघुराे बाटाे
-पहिरो
-चिप्लो
-नन–इन्जिनियरिङ सडकहरुको बढ्दो वृद्धि 

उपसमितिले दुर्घटनाका कारणहरुलाई न्यूनीकरण गर्न सुझाव पनि दिएकाे थियाे। उपरोक्त कारणहरुलाई न्यूनीकरण गर्न समितिले देहाय बमोजिमका कार्य गर्न भनेकाे थियाे।

चालकको लापरबाहीजन्य कार्य तथा व्यवहारलाई न्यूनीकरण गर्ने सम्बन्धमाः
-सरकारी तहबाट गुणस्तरीय चालक तालिम तथा प्रशिक्षण केन्द्रहरुको स्थापना गरिनुपर्ने।
-सवारी चालकको लागि चालक तालिम तथा प्रशिक्षण केन्द्रहरुको पाठ्यक्रमको निर्माण गरि लागू पर्नेपर्ने।
-सवारी चालक अनुमतिपत्र वितरण प्रणालीलाई पुनरावलोकन गरी रोड टेस्ट समेत व्यवस्था गर्नुपर्ने।
-१ वर्षे परीक्षणकालको व्यवस्था कार्यान्वयन गर्नुपर्ने।
-व्यवसायीक र गैह्र व्यवसायीक सवारी चालक अनुमतिपत्रको वितरणलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने।
-चालक महत्वपूर्ण व्यक्ति हो, असल पेशा हो र ठूलो जिम्मेवारी छ भन्ने कुरा बुझाउँदै चालकको व्यवहारमा परिवर्तनको लागि सरोकारवाला निकायहरुको पहलमा चेतनामूलक कार्यक्रम निर्माण गरिनुपर्ने।
-लामो दूरीमा २ चालकको व्यवस्था अनिवार्य रुपमा कार्यान्वयन गर्ने।
-सवारी चालक र सहचालक तथा यातायात मजदुरको सेवा सुविधालाई ध्यान दिने। 
-नियमित प्रशिक्षणको व्यवस्था मिलाउनु पर्ने।
-विद्यालय तहदेखिनै सडक सुरक्षासम्बन्धी ज्ञान दिने पाठ्यक्रम राख्नुपर्ने।
-ट्राफिक जनचेतना कार्यक्रमलाई तिब्रता दिनुपर्ने।
-सडक सुरक्षालाई राष्ट्रिय प्राथमिकताका साथ हेरिनुपर्ने।

Ncell 2
Ncell 2

यान्त्रिक कारणबाट हुने सवारी दुर्घटना न्यूनीकरण गर्नः
-चालक तथा सहचालकलाई यान्त्रिक तथा प्राविधिक तालिम दिने।
-सवारी साधनको नियमित मर्मत सम्भार गर्नुपर्ने।
-सावरी साधन चलाउनु भन्दा अगाडि चेकजाँच गरेपछि मात्र चलाउने।
-गुणस्तरयुक्त सामान तथा लुब्रिकेन्ट प्रयोग गर्ने।
-सवारी जाँचबुझ तथा प्रदूषण चेकजाँच गराएको हुनुपर्ने।
-पुराना तथा जीर्ण सवारी साधन प्रयोग नगर्ने। 
-सडक र भुगोल अनुरुपको सवारी साधन प्रयोग गर्नुपर्ने।
-गुणस्तरीय भेइकल फिटनेस टेस्ट सेन्टर को अञ्चालस्तरसम्म सञ्चालन गर्ने व्यवस्था हुनुपर्ने।

सडक संरचना सुधार गर्नः
-नेपालभरको सडकको प्रभावकारी रोड म्यापिङ गर्नुपर्ने।
-कमजोर सडक पूर्वाधारलाई सुधार गरी मापदण्ड अनुसार बनाउनु पर्ने।
-सडकको प्राविधिक अध्ययन पश्चातमात्र मापदण्ड अनुरुप सडक निर्माण गर्ने।
-ब्ल्याक स्पटहरुको पहिचान गरि दुघैटना न्यूनीकरणका उपायहरु अवलम्बन गर्नुपर्ने।
-गति निर्धारण सबै सडकमाल लागू हुनुपर्ने। 
-प्रविधिको प्रयोग एवं विस्तार गर्नुपर्ने (राडार गन सहितका सर्भिलेन्स क्यामरा जडान, हाइवेहरु कभर गरि सिसिटिभी जडान)।
-सकडहरुमा ट्राफिक चिन्ह, संकेत र सूचनामूलक बोर्डहरु पर्याप्त मात्रामा राखिनुपर्ने। 

माथि उल्लेखित सुझावहरु यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत निकायले कार्यान्वयन गर्ने हो भने ३ महिनादेखि १ वर्षभित्र सुधार हुने उक्त समितिको निष्कर्ष थियो। सो सुझावमा अनुगमनको पाटोलाई प्राथमिकता दिनुपर्ने उल्लेख थियो। तर, उक्त सुझावसहितको प्रतिवेदन न त मन्त्रालयले कार्यान्यन गर्न आवश्यक ठान्यो न विभागले। सिन्धुपाल्चोक दुर्घटनापछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुर्घटना न्यूनीकरणसम्बन्धी सुझाव दिन पुनः अर्को कमिटी बनाएको छ।

सांकेतिक तस्बिर

सम्बन्धित समाचारः
१८ जनाको ज्यान गएको रारालिही जुम्ला सडक दुर्घटना प्रतिवेदन : थोत्रा गाडी ग्रामीण क्षेत्रमा नचलाउ

बढ्दो सवारी दुर्घटना : छानबिन हुन्छ, कार्यान्वयन हुँदैन

बबरमहल र फिस्लिङ दुर्घटनाको छानबिन प्रतिवेदन, यस्तो थियो कारण र सुझाव

कोरम नपुगेर १५ मिनेटमा ३ बैठक, मन्त्रीलाई दुर्घटना न्यूनीकरणभन्दा भेटघाट प्यारो

धादिङ मार्पाक दुर्घटना : छानबिन समितिको प्रतिवेदन ३ वर्षसम्म मन्त्रालयकै दराजमा

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  १२:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा
सम्बन्धित सामग्री
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुद... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्