• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २८, २०८२ Sun, Dec 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

मेरो नामको सिन्दूर 

64x64
नेपाल लाइभ शनिबार, पुस १९, २०७६  ०६:०१
1140x725

प्यारी बुढी सोनिया, 
आज हाम्रो बिहे भएको एक महिना पुरा भएछ। अनि म तिमीबाट टाढा भएर जर्मनी गएको मात्र पाँच दिन। छुट्टिएको धेरै भएको छैन, त्यही पनि तिम्रो नाममा एउटा पत्र लेख्न मन लाग्यो। यो पत्र तिम्रो याद अनि तिमीजस्तै आफ्नो जन्मघर छाडेर नयाँ घरलाई सहर्ष स्वीकार गर्न सक्ने मन, समर्पण अनि त्याग गर्ने नारी सम्झेर लेख्दैछु।

तिमीले आफू जन्मेको गाउँ, परिवेश अनि परिवार छाडेर आफ्नो सिउँदोमा मेरो नामको सिन्दूर लगाएपछि कस्तो महसुस गरेको हौली भनेर मेरो मनमा खेलिरहेको छ। तिम्रा भाडाकुटी खेल्ने साथी, खुट्टे खेल्ने चौर अनि लुकामारी खेल्ने चोक। कत्तिको मिस गरेकी छौ भनेर जान्न मन लागेको छ। तिमीलाई अझै पनि तिम्रो घरनजिकैको ढुङेधाराको पानी पिउन कति मन लागेको छ, जान्न मन लागेको छ। 

पितृसतात्मक समाजमा हुर्केका हामी पुरुषले नारीले गर्ने त्यागलाई कति सजिलै लिन्छौं। एउटा नारीले अन्जान पुरुषका लागि आफू हुर्केको आँगन, आमाको काख, बाबाको साथ छोड्दा कति दुःख महसुस भयो होला भन्ने कहिल्यै सोच्दैनौं। आफ्नो जन्मघरमा घामले डाँडो काट्दा उठने छोरी, बिहेको भोलिपल्टै बुहारी बनेर घाम नझुल्कँदै उठ्दा कति गार्‍हो भयो होला भन्ने हेक्कासम्म राख्दैनौं। 

आफ्नो शिर कहिल्यै नझुकाएकी तिमी, विवाहपछि सासु–ससुराको अघि हरपल पछ्यौरा टाउकोमा बेरेर शिर निहुराउँदै हिँड्दा कस्तो हुन्छ होला भन्ने कहिल्यै सोच्दैनौं।  

हामी पुरुष घरमा पनि महान हुन्छौं, बिहेपछि ससुरालीमा पनि चाहिएभन्दा बढी सत्कार पाउछौं। अनि त्यस्तै खोज्छौ पनि। तर पतिलाई बिहानै चिया लगिदिने, ससुरालाई तातोपानी तताइदिने अनि जेठाजुलाई कतै झुक्किएर छोइन्छ कि भनेर सतर्क भइरहनुपर्ने संस्कृतिले नारीलाई कति गार्‍हो भयो होला भन्ने सोच्दैनांै। 

नारीको हरपल परीक्षण गरिन्छ - खाना पकाउन, कपडा धुन, भाडा माँझ्न, यस्तै–यस्तै। तर समाजले लिने यस्ता परीक्षामा पनि  उनीहरु सधैं खरो उत्रिन्छन्। हिजोसम्म खुला पंख फिजाउँदै उड्ने नारीलाई आज हरपाइलामा परीक्षण हुनु पर्दा कति गाह्रो हुन्छ होला है।

बुढी, मेरो मनमा अहिले यस्तै नारीको त्याग अनि बलिदानका कुरख खुब याद आउँदैछ। मेरी आमा, भाउजु अनि तिमी, सबै महान छौ, जसले आफ्नो जन्मघर त्यागेर नयाँ घरलाई मन्दिर बनायौं। तिम्रो त भर्खर बिहे भयो। मेरी आमा अनि भाउजुलाई उहाँहरूका बा–आमालाई भेट्न पनि तीज कुर्नुपथ्र्यो रे। कस्तो पीडा भयो होला है उहाहरूलाई? तर मैले उहाँहरूबाट कहिल्यै गुनासो सुनिनँ। त्यही भएर त नारीलाई महान भनिएको होला हगि? 

प्यारी, हामी त भाग्यमानी हौं। किनकि हामी बिहेपछि छुट्टिएर बस्नु पर्दैन। म केही दिनमा आईहाल्छु। तर सोच त ती नारीहरूलाई जसले हामीजसरी मंसिर १४ मा बिहे गरेको भोलिपल्टै आफ्नो बुढालाई खाडी मुलुकका लागि आँशुले बिदाइ गर्नु परेको छ। बिचरा नारी, जसको साथ पाउछु भनेर बा–आमा छाडेर बिहे गरेर आउँछिन्, उसले नै छाडेर विदेशिन्छ। 

Ncell 2
Ncell 2

कैयौं  श्रीमान त बिहेको भोलिपल्ट विदेशिएर काठको बाकसमा फर्केका घटना हाम्रो समाजमा धेरै छन्। कस्तो हुन्छ होला हगि, ती नारीलाई जसले पतिको माया महसुस गर्न नपाई विधवा बन्नुपर्छ। हामी पुरुष साँच्चिकै स्वार्थी छौं– बिहेमा श्रीमतीलाई उपहारस्वरुप दिने सिन्दूर अनि रातो बस्त्र पनि आफू मरेर जाँदा सिन्दूर पुछाएर खाली सिउँदो बनाई सेताम्मे बनाएर जान्छौं। 

बुढी, म  तिमीलाई छाडेर पहिला नै गएछु भने पनि मैले तिमीलाई विवाह दिएको उपहार फिर्ता नगर्नु ल। मैले तिमीलाई मायाले लोइरी भनेर बोलाउने नाम पनि सँगालेर राख्नु है।

लोइरी, तिमीले हातका चुरा बजाउँदै तपाईंकै आवाज भनेको, स्वयम्बरको औंठी देखाउँदै तपाईंले मेरो हात मायाले चुमिरहनुभएको छ भनेको अनि तिलहरी देखाउँदै हजुरले मलाई हरपल अङगालोमा बेरिरहनु भएको छ भनेको बहुत याद आइरहेको छ। तिमी अब मेरो आयु बढाउन तिजको निराहार व्रत बसौली, मेरो इच्छाअनुसार चल्न खोजौली, आफ्नो खुसी तिलान्जली दिँदै मेरो खुसी खोज्ने हौली होइन? तर बुढी, म त्यो बुढा बन्न चाहन्न जो तिम्रो आयु घटाई आफ्नो आयु बढाओस्, तिम्रो शिर आफ्नो पैतालामा पर्दा गर्व गरोस्। व्रत बसेर आयु बढ्ने नै रहेछ भने हामी दुवै व्रत बस्नेछौं ताकि हामी दुवैको आयु बढोस् किनकि तिमीविना म अधुरो छु अनि मलाई बाँच्न पनि गाह्रो हुनेछ। 

तिमी एकपाइला सार, म अर्को पाइला सार्नेछु। तिमीले कपडा धुँदा, म पानी हाल्नेछु। तिमीले खाना पकाउँदा, म तरकारी केलाउनेछु। तिमीले बाहिरको काम हेरे मैले घरको काम हेर्नेछु। तिमीले घरको काम हेरे, मैले बाहिरको हेर्नेछु। तिमीलाई पछि लगाएर म अघि बढ्ने छैन, तिमीसँग साथसाथै हिंड्नेछु किनकि अहिले म अनि तिमीबाट हामी भएका छौं।
    
अनि एउटा कुरा भनँु? तिमीसँग सात जुनीसम्म होइन लाखौं जुनीसम्म सँगै हुने मन भएकाले बिहेको जग्गेमा सातचोटि होइन लाखौंचोटि घुम्ने इच्छाले घुम्दै थिएँ। पण्डितले रोके। अनि लगनगाँठो पनि मज्जाले कसेर बाँधेको छु, सायद तिमीले त्यसको असर महसुस गरिसक्यौ कि? तिमीजस्ता नारीको महानता धेरै भए पनि कति कुरा यो पत्रमा उतार्न सकिनँ।  तर व्यवहारमा उतार्न प्रयास गर्नेछु भन्दै योपत्र यही टुंग्याउछु। 

उही तिम्रो लोइरो
झलक
 

प्रकाशित मिति: शनिबार, पुस १९, २०७६  ०६:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी लायन्स एनपीएल सिजन २ को च्याम्पियन
एनपीएल फाइनल: सुदूरले दियो लुम्बिनीलाई ८६ रनको झिनो लक्ष्य
सुदूरविरुद्ध कम्तान रोहितको ह्याट्रिक विकेट
सम्बन्धित सामग्री
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
पहिचान सम्मान काइँला र पहिचान युवा सम्मान राईलाई रु पाँच लाख दुई हजार दुई राशीका सम्मान वरिष्ठ साहित्यकार÷मुन्धुमविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काइँलालाई प्रदान गर्... शनिबार, मंसिर १३, २०८२
ताजा समाचारसबै
लुम्बिनी लायन्स एनपीएल सिजन २ को च्याम्पियन शनिबार, मंसिर २७, २०८२
एनपीएल फाइनल: सुदूरले दियो लुम्बिनीलाई ८६ रनको झिनो लक्ष्य शनिबार, मंसिर २७, २०८२
सुदूरविरुद्ध कम्तान रोहितको ह्याट्रिक विकेट शनिबार, मंसिर २७, २०८२
अहिले संवैधानिक निकासको मार्ग निर्वाचन नै हो : कार्यबाहक सभापति खड्का शनिबार, मंसिर २७, २०८२
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध सुदूरको खराब सुरुवात शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
एमाले महाधिवेशनमा ईश्वरको अवधारणापत्रमा छलफल नहुने शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शनिबार, मंसिर २७, २०८२
यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित) शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्