गौशाला- महोत्तरीको मनरासिस्वा नगरपालिकामा राजपा नेपालले विजय हासिल गरेको छ। नगरपालिका प्रमुखमा राजपाका सञ्जयकुमार सिंह र उपप्रमुखमा सोही दलकी रमिता प्रधान विजयी भएका हुन्।
सिंहले ४ हजार २३९ मत र उपप्रमुख प्रधानले ४ हजार ५३ मत ल्याइन्। निकटतम प्रतिद्वन्द्वी क्रमशः संघीय समाजवादी फोरमका महेन्द्र रायले ३ हजार २६१ र हजरा खातुनले २ हजार ८८९ मत ल्याइन्।
यस परिणामसँगै महोत्तरीका १५ वटै स्थानीय तहको परिणाम आएको छ । महोत्तरीमा स्थानीय तहको निर्वाचनमा राजपा ७, नेकपा (माओवादी केन्द्र) ४, नेपाली कांग्रेस ३, फोरम नेपालले १ स्थान हासिल गरेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।