नयाँ दिल्ली– सोनम कपुर अहिले आफ्नो आगामी फिल्म ‘विरे दि वेडिङ’ को सुटिङमा व्यस्त छिन्। तर, आइतबार बिहान उनी एक्कासी सुटिङ छोडेर दिल्लीबाट मुम्बईतर्फ लागिन्।
वास्तवमा भएको के रहेछ भने, फिल्मको सुटिङमा व्यस्त रहेको बेला उनलाई एउटा फोन आएको थियो। यसपछि उनी सुटिङ ‘प्याक–अप’ गरेर मुम्बईतर्फ हानिएकी थिइन्। उनी मुम्बई फर्किनुको खास कारण सञ्जय दत्त थिए।
सञ्जयको 'बायोपिक'मा सोनमको पनि भूमिका छ। उनले यसअघि नै आफ्नो सुटिङको पाटो सम्पन्न गरिसकेकी थिइन्। तर, डाइरेक्टरले उनको भूमिकालाई बढाउने सोच बनाएपछि थप सुटिङका लागि बोलाएका थिए। यसै कारण सोनम तुरुन्त मुम्बई हानिएकी थिइन्।
सञ्जयको बायोपिक मुन्नाभाई एमबिबिएस र पिकेका डाइरेक्टर राजु हिरानीले बनाउँदैछन्। सोनम एक दिनको सुटिङ सकेर दिल्ली फर्किने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।