वीरगञ्ज- असोज २ गते सम्पन्न प्रदेश २ गतेको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ।
हालसम्म प्राप्त नतिजा अनुसार, नेपाली कांग्रेसले सबैकभन्दा बढी स्थानमा मेयर/प्रमुख पद जितेको छ। कांग्रेसलाई संघीय समाजवादी फोरम र राजपाले पछ्याइरहेका छन्। अहिलेसम्म सिरहा, महोत्तरी र सर्लाहीका सम्पूर्ण नतिजा आइसकेको छ। अब, बाँकी ५ जिल्लाका ९ स्थानको नतिजा आउन बाँकी छ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले २, संघीय समाजवादीले ३, माओवादीले १ र एमालेले ३ स्थानमा अग्रता लिइरहेको छ।
कसको कहाँ अग्रता?
रौतहट
गरुडा नगरपालिका– संघीय समाजवादी फोरम
कटहरिया नगरपालिका– माओवादी केन्द्र
बारा
कलैया उपमहानगरपालिका– एमाले
कोहल्वी नगरपालिका– एमाले
आदर्श कोटवा गाउँपालिका– एमाले
वारागढी गाउँपालिका– कांग्रेस
पर्सा
वीरगञ्ज महानगरपालिका– संघीय समाजवादी फोरम
सप्तरी
राजविराज नगरपालिका– संघीय समाजवादी फोरम
धनुषा
सबैला नगरपालिका– कांग्रेस
यो पनि पढ्नुस्: १२७ तहको अन्तिम नतिजा: कांग्रेस पहिलो, फोरम-राजपा बराबरी (सूचीसहित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।