काठमाडौं– करिब ८ वर्षपछि स्क्रिनमा रोमान्स गर्न लागेका रेखा थापा तथा आर्यन सिग्देल अभिनित फिल्म 'रूद्रप्रिया'को रिलिज मिति नजिकिदैं गर्दा आफ्नो नयाँ गित रिलिज भएको छ।
आइतबार सो फिल्मको ‘तिमी बाहेक’ बोलको रोमान्टिक गीत रिलिज गरिएको हो। गीतमा आर्यन र रेखाको ताजा रोमान्स देखिएको छ। कार्तिक २ गते रिलिज हुने फिल्मको गीतमा अर्जुन पोखरेलले संगीत दिएका हुन्। गीतमा अन्जु पन्त तथा सनुप पौडेलको स्वर रहेको छ। अम्बिका शर्मा गीतकी रचनाकार हुन्।
फिल्म 'रुद्रप्रिया'लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन्। फिल्ममा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहेको छ । सञ्जय लामा फिल्मका छायाँकार हुन्।
यो फिल्ममा रेखा र आर्यनका अलावा राजन इशान, विश्व बस्नेतको मुख्य अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।