काठमाडौं- बिहीबार झरना थापा निर्देशित 'ए मेरो हजुर २'को भव्य रेड कार्पेट प्रिमियर गरियो। काठमाडौंस्थित कुमारी हलमा भएको प्रिमियरमा नेपाली फिल्म उद्योगका अंधिकाश चर्चित अनुहारको उपस्थिति थियो।
फिल्म हेर्न साम्राज्ञी राज्यलक्ष्मी शाह सपरिवार पुगेकी थिइन् भने डेब्यु अभिनेता सलिनमान बानियाँ पनि परिवारसहित उपस्थित थिए।
यसैगरी अभिनेता सलोन बस्नेत आफ्ना बाबु शोभित बस्नेत तथा प्रेमिका करिश्मा श्रेष्ठसँग आएका थिए।
अभिनेत्री रेखा थापा आफ्नी आमा र दिदीसहित पुगेकी थिइन् भने अभिनेत्री आँचल शर्मा अभिनेता पल शाहसँग प्रिमियरमा सहभागी भइन्। नेपाल आइडल निर्णायकद्वय इन्दिरा जोशी एवं कालीप्रसाद बाँस्कोटा, निर्माता माधव वाग्ले, अर्जुन कुमार, निर्देशक अशोक शर्मा आदि उपस्थित थिए।
प्रिमियरपछि फिल्म हेर्नेले आफूहरूलाई फिल्म मन परेको प्रतिक्रिया दिएका थिए।
(तस्बिर : विनोद पोखरेल)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।