बारा- बाराको कलैया उपमहानगरपालिकामा एमालेले अग्रता लिइरहेको छ। एमालेका विनोदप्रसाद साह ९ हजार ७१९ मतका साथ अगाडि छन् भने कांग्रेसका राजेश राई यादवले ९ हजार ४६ मत ल्याएका छन्।
संघीय समाजवादी फोरमका प्रमोदप्रसाद गुप्ताले ७ हजार ७२५ मत प्राप्त गरेका छन्। उपमेयर एमालेकै प्रतिमा कुमारी यादव ९ हजार २३२ मत ल्याएर अगाडि देखिएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।