बारा- कोल्हवी नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुखमा जित हासिल गरेको छ।
एमालेका भरत भण्डारी ७ हजार ४०१ मत ल्याई विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मुरलीधर चौधरीले ७ हजार २०५ मत प्राप्त गरे।
उपप्रमुखमा एमालेकै सुनैना चौधरी ७ हजार ३८४ मत ल्याई विजयी भइन्। नेपाली कांग्रेसकी सुभ्रदा धिमालले भने ७ हजार १७८ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।