काठमाडौं– अभिनेता सरोज खनालको मिर्गौलाको पत्थरी शल्यक्रिया गरी निकालिएको छ।
मिर्गौलामा पत्थरी भएर स्वास्थ्यमा समस्या आएपछि उनी बल्खुस्थित वयोधा अस्पताल भर्ना भएका थिए।
भदौ १४ गते अस्पताल भर्ना भएका उनको सोही दिन शल्यक्रिया गरिएको थियो। अस्पतालका वरिष्ठ युरो सर्जन डा सञ्जय खड्गी नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको हो। अहिले अभिनेता खनाल अस्पतालमै स्वास्थ्य लाभ लिइरहेका छन्। दुई दिनपछि उनको डिस्चार्ज हुने अस्पताल स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।