चितवन- नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफूलाई प्रदेश नम्बर ३ को मुख्यमन्त्री बन्ने इच्छा रहेको बताएका छन्।
नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले आफ्नो इच्छा भए पनि पार्टीको निर्णय ठूलो हुने बताए। 'मुख्यमन्त्रीका लागि म लड्न तयार छु। तर पार्टीले नलड भन्यो भने हामी मान्न तयार हुनुपर्छ,' उनले भने।
चुनावी तालमेलबारे पत्रकारको प्रश्नमा उनले पहिला जस्तो पार्टी मैदानमा गएपछि एकपक्षीय निर्णय नहुने दाबी गरे। 'पार्टी केन्द्रीय समितिको बैठकपछि मात्रै कांग्रेसले तालमेलको निर्णय गर्छ,' उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।