काठमाडौं- सरकारले प्रदेश प्रमुखको सेवा सुविधा निर्धारण गरेको छ। प्रदेश प्रमुखले मासिक रुपमा पाउने तलब तथा अन्य सुविधा निर्धारण गर्दै सरकारले विधेयक समेत संसदमा पेश गरेको छ।
विधेयकमा प्रदेश प्रमुखको तलब मासिक ६४ हजार रुपैयाँ प्रस्ताव गरिएको छ। प्रस्ताव पारित भए अतिथि सत्कार वापत प्रदेश प्रमुखले मासिक ४० हजार रुपैयाँ पाउनेछन् भने वार्षिक रुपमा १८ हजार रुपैयाँ पोशाकको लागि पाउनेछन्।
यो प्रस्ताव पारित भएमा सात वटा प्रदेश प्रमुखका लागि मासिक ४७ लाख ६० हजार रुपैयाँ खर्च हुनेछ । सात प्रदेशमा रहने प्रमुखको पोशाक भत्तामा वार्षिक १ लाख २६ हजार रुपैयाँ खर्च हुने देखिन्छ । यस्तै, प्रदेश प्रमुखले स्वेदशमा भ्रमण गर्दा दैनिक ३ हजार रुपैयाँ भ्रमण भत्ता पाउनेछन् भने विदेश जाँदा २५ सय रुपैयाँ भत्ता पाउनेछन्।
सरकारले १५ लाख रुपैयाँ बराबरको विमा समेत गरिदिनेछ । प्रदेश प्रमुखको विमा शुल्कमात्रै १ करोड ५ लाख खर्च हुनेछ । प्रदेश प्रमुखको सचिवालय १२ सदस्यीय हुनेछ। जसमा प्रमुख स्वकीय सचिव, सह स्वीकय सचिव, उप स्वीकय सचिव, स्वकीय अधिकृत, फोटोग्राफर अधिकृत, कम्पुटर सहायक, प्रशासन सहायक र लेखा सहायक, एक/एक जना हुनेछन्। सवारी चालक र कार्यालय सहयोगी २/२ जना हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।