काठमाडौं– आधुनिक गीतका चर्चित गायक–गायिका रामकृष्ण ढकाल र अञ्जु पन्तको स्वरमा लोकलयमा आधारित गीत सार्वजनिक भएको छ।
कृष्ण केसीको शब्द रहेको गीतमा श्रीकृष्ण बम मल्लको संगीत छ । संगीत संयोजन राजन इशानले गरेका छन् । विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले अभिनय गरेका छन्।
अर्जुन अधिकारीको निर्देशन रहेको म्युजिक भिडियोको कोरियोग्राफी सुरेश बस्यालको रहेको छ भने छायांकन हरि हुमागाइँले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।