काठमाडौं- नेपाली बक्सअफिसमा कीर्तिमानी कमाइ गरेको 'छक्का पञ्जा'को सिक्वेल 'छक्का पञ्जा २' ले आफ्नो पहिलो पोस्टर रिलिज गरेको छ।
फिल्मका निर्माता एवं कलाकार दीपकराज गिरी तथा निर्देशक दीपाश्री निरौलाले आफ्नो फेसबुकबाट फिल्मको पोस्टर सार्वजनिक गरेका हुन्।
फिल्म असोज ११ गतेदेखि हलमा लाग्दैछ। सार्वजनिक पोस्टरको बीचमा बुद्धि तामाङ 'हैट' र दीपकराज गिरी बाइकमा सवार छन् भने कलाकारहरू केदार घिमिरे 'माग्ने बूढा', जितु नेपाल 'मुन्द्रे' तथा नवअभिनेता सौरभ पुरूष ढकालका साथमा नायिकाहरु प्रियंका कार्की, वर्षा राउत र स्वस्तिमा खड्का पोस्टरको दायाँबायाँ देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।