काठमाडौं- गीत चोरी आरोपका कारण 'छक्का पञ्जा २' फिल्म विवादमा तानियो। यो घटना पहिलो होइन। यस्ता घटना नेपाली फिल्मवृत्तमा चलिरहन्छन्। नेपाली मात्र होइन अन्य भाषाका गीतका समेत मेलोडी बेलाबखत चोरिने गरेका छन्; भूलवश हुन् या नियतवश।
त्यसो त नेपाली गीत-संगीतलाई बलिउडले पनि चोर्ने गरेको छ कहिलेकाहीँ। बलिउड अभिनेता शाहरूख खान अभिनित एवं यसराज फिल्मसको निर्माण रहेको सन् १९९७ को 'दिल तो पागल हे' फिल्ममा अभिनेता राजेश हमाल अभिनित 'देउकी' फिल्मको गीतको मेलोडी चोरिएको छ।
'दिल तो पागल हें' को लोकप्रिय गीत 'भोलि सि सूरत' गीतको मेलोडी 'देउकी' फिल्मको 'जाऊँ न है लै लै नौ डाँडापारि' बोलको गीतसँग हुबहु मिल्छ। यो गीतमा भारतीय संगीतकारहरूले सौजन्य नदिई र नेपाली गीतको मेलोडी प्रयोग गरेका हुन्।
यसरी नेपाली गीतको नक्कल गरिएको बलिउड फिल्म यो मात्र एक भने होइन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।