एजेन्सी- फिल्मको उद्देश्य मनोरञ्जन मात्र हुँदैन। सामाजिक उत्तरदायित्वसँग पनि फिल्म जोडिएको हुन्छ।
भारतमा सन् १९७५ मा अमिताभ बच्चन तथा धर्मेन्द्रको मुख्य भूमिका रहेको 'चुपके चुपके' फिल्मलाई भारत सरकारले एउटा फरक विषयका लागि प्रयोग गरेको थियो। जसको कारण थियो- आफ्ना नागरिकको आँखा जोगाउनु।
सुन्दा अचम्म लागे पनि यो एउटा रोचक सत्यका रुपमा स्थापित भइसकेको छ।
१६ फेब्रुवरी सन् १९८० मा सूर्यग्रहण लाग्ने थियो। भारत सरकार चाहन्थ्यो- आफ्ना जनताले सो ग्रहण बिनासुरक्षा नहेरून्। ग्रहणका कारण उनीहरुको आँखामा खराबी नहोस भन्नेमा सरकारले सतर्कता अपनाउने निर्णय लियो। यसका लागि आम नागरिकलाई घरभित्र नै कसरी राख्न सकिन्छ भनेर विकल्पको खोजी भयो।
र, राष्ट्रिय टेलिभिजन दुरदर्शनबाट कमेडी फिल्म 'चुपके चुपके'लाई प्रसारण गरियो। ग्रहणको समयमा टिभीबाट 'चुपके चुपके' आएपछि धेरैले घरमै बसेर फिल्मको मजा लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।