काठमाडौं- यस साता धितोपत्र बजारमा तीन अर्ब ५६ करोड एक लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
कुल १ सय ८० कम्पनीको ७५ लाख ८४ हजार ५ सय ९० कित्ता सेयर खरिद-बिक्री भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ। कारोबार रकम गत साताको भन्दा ७ दशमलब ४ प्रतिशत बढी हो ।
गत साता १ सय ७५ कम्पनीको रु. तीन अर्ब ३१ करोड ४९ लाख ६५ हजार बराबरका एक अर्ब ४८ लाख ३० हजार ८८० कित्ता सेयर खरिद-बिक्री भएको थियो।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४२ दशमलब २९ अंकले घटेर अन्तिम दिन एक हजार ५८० दशमलब ०३ अंकमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९ दशमलब ४२ अंकले घटेर ३३१ दशमलब ३२ अंकमा आइपुगेको छ।
यस साता कारोबार रकमका आधारमा छिमेक लघुवित्त विकास बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको १८ करोड ४२ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा एनआइसी एसिया बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको तीन लाख २६ हजार कित्ता सेयर कारोबार भएको थियो।
त्यसैगरी कारोबार संख्याका आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको सात हजार ८ सय ७८ वटा सेयर कारोबार भएको स्टकले जनाएको छ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।