हुर्काएका थिए स्वाभिमानको वृक्ष
आरुबखडामा चचहुई खेल्थ्यो वसन्त याम
जूनलाई नुहाएर आकाश चम्काउँथे चराचुरुंगीहरु
घाम छेकेर लहरै उड्थे कर्याङकुरुङका बथानहरु
इन्द्रेणीमा तुर्लुंग झुन्डिएर पिङ खेल्थे भुराभुरीहरु
मस्त पोखरीमा नुहाएर तन्नेरी भई निस्कन्थे केटाकेटीहरु
एकाएक उनीहरुको धुरीमा खसेर गयो पुच्छ्रेतारा
र, भत्किए उनीहरु…
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।