काठमाडौं– फ्रान्सका डिफेन्डर बेन्जामिन पभार्डले अर्जेन्टिनाविरुद्ध गरेको गोल २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सर्वोकृष्ट गोल चुनिएको छ।
पभार्डले विश्वकपको अन्तिम १६ को खेलमा अर्जेन्टिनाविरुद्ध गरेको गोललाई भोटिङमार्फत सर्वोत्कृष्ट ठहर गरिएको हो।
फिफाको वेभ पोर्टलमा भएको भोटिङमा २२ बर्षीय पभार्ड गरेको गोललाई ३० लाख बढीले मन पराएका थिए।
'मैले उत्कृष्ट गोल गरेर अवार्ड जित्छु जस्तो लागेको थिएन। गोल गर्ने प्रयास गरेको थिए जहाँ म सफल भएँ,' उनले भने, 'बल बाउन्स भएर म भएको ठाँउमा आयो। मैले जोडले प्रहार गर्ने कोशिस गरेको थिएँ।' सो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले हराएर क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो।
कोलम्बियाका जुवान क्विनटेरोले जापानविरुद्ध फ्रिकिकमार्फत गरेको गोल दोस्रो नम्बरमा परेको छ। क्रोएसियाका कप्तान लुका मोर्ड्रिचले अर्जेन्टिनाबिरुद्ध डिबक्स बाहिरबाट गरेको गोल तेस्रो उत्कृष्ट गोल बनेको छ।
विश्वकपका उत्कृष्ट ३ गोल :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।