काठमाडौं– एसियाली खेलकुद र साफ सुजिकी कपको तयारीमा रहेको नेपाली फुटबल टिमले थाइल्यान्डमा १० दिन प्रशिक्षण गर्ने भएको छ। थाइल्यान्ड प्रशिक्षणमा जाने २९ खेलाडीको नाम नेपाली टिमका प्रशिक्षक ग्योतोकु कोजीले बिहीबार सार्वजनिक गरेका छन्।
नेपाली टिम आगामी साउन १८ गते थाइल्यान्ड प्रस्थान गर्नेछ। त्यहाँ १० दिन अभ्यास गरेपछि एसियाली खेलकुदमा भाग लिने २० सदस्यीय टिम इन्डोनेसिया प्रस्थान गर्नेछ।
एसियाली खेलकुदको फुटबलतर्फको प्रतिस्पर्धा साउन २९ देखि सुरु हुनेछ। साफ कप भने भदौ १९ देखि बंगलादेशमा सुरु हुनेछ।
एसियाली खेलकुदमा नेपाल समूह 'डी' मा छ। जहाँ नेपालसहित जापान, भियतनाम र पाकिस्तान छन्।
नेपालले साफ कप र एसियन गेम्सका लागि विगत ३ महिनादेखि अभ्यास गरिरहेको छ।
एसियाली खेलकुदमा यू–२३ टिमको प्रतिस्पर्धा हुनेछ। त्यसका लागि नेपाली टिम पनि घोषणा भइसकेको छ। टिममा ३ जना यू–२३ माथिका खेलाडी राख्न पाउने प्रावधान अनुसार गोलकिपर किरण चेमजोङ, रोहित चन्द र भरत खवास पनि छन्।
यू–२३ टिम भएपनि नेपाली टिममा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता छ। त्यसैले एसियाली खेलकुदलाई नेपालले साफ कपको तयारीको रुपमा लिएको छ।
एसियाली खेलकुदका लागि नेपाली फुटबल टिम
गोलकिपर– किरणकुमार चेम्जोङ, एलन न्यौपाने र सोजित गुरुङ
डिफेन्डर– अनन्त तामाङ, आदीत्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ
मिडफिल्डर– रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, अभिशेक रिजाल र तेज तामाङ
फरवार्ड– सुनिल बल, भरत खवास, सुमन लामा र विमल घर्तिमगर
थाइल्यान्ड भ्रमण गर्ने नेपाली टिम
गोलकिपर– किरणकुमार चेम्जोङ, एलन न्यौपाने, सोजित गुरुङ, विशेक कुथु
डिफेन्डर– अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ, विराज महर्जन, देवेन्द्र तामाङ, रविन श्रेष्ठ, गौरव बुढाथोकी
मिडफिल्डर– रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामगर, अन्जन विष्ट, अभिशेक रिजाल, तेज तामाङ, सन्तोष तामाङ
फरवार्ड– सुनिल बल, भरत खवास, सुमन लामा, विमल घर्तिमगर, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, सुजल श्रेष्ठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।