नेपालगन्ज- सार्वजनिक यातायात साधनका रुपमा प्रयोग हुँदै आएको रातो नम्बर प्लेटका तीनपांग्रे अटोरिक्सालाई यहाँ सञ्चालनमा रोक लगाइएको छ।
निजी प्रयोगका लागि दर्ता गरेर नियमविपरीत भाडामा चलाउँदै आएका एकहजार ५ सय अटोरिक्सालाई आज यहाँ प्रहरीले नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले रिक्सा धनीलाई एक हप्ताभित्र आवश्यक प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्ने शर्तमा रिक्सा बुझाइएको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।