पोखरा- पठन संस्कृतिको विकास गर्ने उद्देश्यले सक्रिय र्यान्डम रिडर्स सोसाइटी अफ नेपालको अध्यक्षमा केशवशरण लामिछाने निर्वाचित भएका छन्।
शनिबार पोखरामा सम्पन्न सोसाइटीको पाँचौं अधिवेशनले पत्रकार लामिछानेको नेतृत्वमा १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको कार्यकाल दुई वर्षको हुनेछ।
समितिको उपाध्यक्षमा रुपिन्द्र प्रभावी, सचिवमा अनुपमणि अधिकारी, कोषाध्यक्षमा विजय भण्डारी र सहसचिवमा सुरज उपाध्याय चयन भएका छन् । यस्तै सदस्यमा मीरा ढकाल, ध्रुव केसी, खिम लामिछाने, अल्पज्ञानी र नेपालप्रकाश अधिकारी छानिए।
नवनिर्चावित अध्यक्ष लामिछानेले सोसाइटीको उँचाइलाई सकेसम्म अझै बढाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।