काठमाडौं- प्रतिबन्धित ६७ लाख भारतीय रुपैयाँ सहित बनस्थलीबाट दुई जना पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा गुडिरहेको बा९च ९००९ नम्बरको भ्यान चेकजाँच गर्दा प्रहरीले सो परिमाणको भारतीय रुपैयाँ बरामद गरेको हो। सो भ्यान प्रकाशचन्द्र श्रेष्ठले चलाएका थिए।
पक्राउ पर्नेहरुमा बाँके कोहलपुर घर भई हाल गोंगबु बस्ने ४१ वर्षीय कृष्णकुमारी शर्मा र सोही ठाउँ बस्दै आएका गोरखाका २९ वर्षीय अर्जुन भण्डारी रहेका छन्। उनीहरुले झोलामा लुकाइछिपाइ पाँच सय र हजार दरका भारतीय नोट बोकेका थिए। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।