पाल्पा- पाल्पा–बुटवल सडक स्तरोन्नतिका लागि मंसिर १७ गतेदेखि १९ गतेसम्म बन्द हुने भएको छ।
बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिकाको दोभानको चिडियाखोलादेखि भुतखोला सडकखण्डमा दैनिक सडक बन्द हुने भएको हो। बिहान १० बजेदेखि ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकीय सवारीबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द हुने भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए।
बिरामी बोकेका एम्बुलेन्सबाहेक अन्य सवारीसाधन ६ घन्टा नै रोकिनेछन्। सडकमा खसेको ढुङ्गा फुटाइ हटाउनुपर्ने, पहिरो हटाउनुपर्ने तथा सडक मर्मत सम्भार गर्नुपर्ने हुँदा सडक बन्द गर्न बाध्य भएको अधिकारी आचार्यले बताए। दोभानको चिडियाखोलादेखि भुतखोला क्षेत्रको सडक बाह्रै महिना जोखिममा चालक सवारी चलाउन बाध्य छन्।
स्थानीय बासिन्दाका अनुसार दोभानको सिद्धबाबा क्षेत्रमा हिउँद तथा वर्षायाममा पहिरो खस्दै आएको छ। ढुङ्गासहितको पहिरोले सवारी दुर्घटना रोकिएको छैन। यस क्षेत्रमा पहिरोले मानवीय क्षति हुँदै आएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।