• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

इसाइवादी सम्मेलनले सिर्जना गर्‍यो नेकपाभित्र कम्पन

64x64
किशोर दहाल मंगलबार, मंसिर १८, २०७५  १८:०३
1140x725

सरकारले निकै प्राथमिकता दिएको 'एशिया प्यासिफिक समिट' सकिए पनि त्यसका चर्चा सेलाइसकेको छैन। धर्म परिवर्तनलाई प्रोत्साहन गर्ने कार्यक्रममा व्यक्तिगत रुपमा प्रधानमन्त्री केपी ओली, सरकार र पार्टीको भूमिकालाई लिएर आलोचना भइरहेको छ। आलोचनाका केन्द्रमा भने प्रधानमन्त्री ओली नै छन्।

प्रधानमन्त्रीको आलोचना अस्वभाविक थिएन। खासमा उनका पछिल्ला कदमहरुले नै उनलाई अलोकप्रिय बनाउँदै लगेका थिए। सरकारले सुरु गरेको सामाजिक सुरक्षा योजनाको सुभारम्भ कार्यक्रमका अवसरमा गरिएको तामझाम तथा निर्मलाका निम्ति न्याय माग्दै टाँसिएका पोस्टरहरु च्यात्ने कदमहरुले पछिल्लो समय सरकारको आलोचना बढिरहेको थियो। 

यस्तै अवस्थाबीच सुरु भएको थियो, समिट।

समिटको सहआयोजकका रुपमा सरकार पनि रहेको सार्वजनिक भएदेखि नै आलोचना सुरु भएको थियो। धर्मान्तर नै प्रमुख रुची रहेको एनजिओको कार्यक्रममा सरकार सहयोगी भएर देशकै बेइज्जत गरेको भन्दै आलोचना बढेपछि सरकारले आफू सहआयोजक नभएको स्पष्ट पार्ने प्रयास गर्‍यो।

तर, अतिथिलाई पठाइएको निम्तोमा नेपाल र संसदको लोगोसहितको कार्ड प्रयोग भएका थिए। साथै, युनिभर्सल पिस फेडेरेसन (यूपीएफ)का अन्तराष्ट्रिय अध्यक्ष थोमस वास्सले शनिबार उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेपाल सरकार कार्यक्रमको साझेदार भएको स्पष्ट पारेपछि नेपाल सरकार सहयोगीको भूमिकामा मात्रै रहेको दाबी झुट सावित भएको हो।

सरकारका अंगहरु, पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरु लगायतको सक्रियताले पनि आलोचना बढाउन मद्दत गर्‍यो। पूर्व प्रधानमन्त्री माधव नेपाल त समिटको अध्यक्षता नै गरेका थिए। 

यस्तो समिट गर्ने प्रयास यस पटकमात्रै होइन, पहिले पनि भएको थियो। बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा पनि मन्त्री एकनाथ ढकालले कार्यक्रमको प्रस्ताव ल्याएका थिए। तर, त्यतिबेलाका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको असहमतिका कारण समिट हुन पाएको थिएन। तर, परिवार दलबाट नेकपा बनेका ढकालको सक्रियतामा समिट भएरै छाड्यो। फिजीले आफ्नो देशमा गर्न नदिएको विवादास्पद कार्यक्रम नेपाललाई सरकारले नै सहयोग गरेर सम्पन्न गरायो।

नेता श्रेष्ठले यसपटक सचिवालय बैठकमा कार्यक्रमको औचित्य र सरकार तथा पार्टीको सक्रियताप्रति आपत्ती जनाएका थिए। उनले पटकपटक आपत्ति जनाए पनि केही नेताले भने देशको प्रचार र पर्यटनलाई फाइदा हुने भन्दै समिटको पक्षमा वकालत गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारलाई आलोचित बनाउने अर्को कदम थियो, जोरबिजोर प्रणाली। एनजिओको कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गराउन लादिएको जोर बिजोरले असम्बन्धित जनतालाई समेत दुःख दिएका थियो। त्यसैले जोर विजोर प्रणालीको अवज्ञा पनि गरिएको थियो। सरकारले १३ गतेदेखि सुरु भएको जोर बिजोर प्रणाली व्यापक आलोचनापछि भोलिपल्टै फिर्ता लिइयो।

उसै पनि एनजिओको गतिविधिप्रति नकारात्मक समूह ठूलो छ नेपालमा। हरेक काम एनजिओले बिगारेको देख्ने समूहलाई धर्मान्तरका लागि प्रेरित गर्ने यस्ता कार्यक्रम भएपछि छुब्ध बनाउनु अस्वभाविक होइन। झन्, प्रधानमन्त्रीले १ लाख राशीको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’ लिइदिए। मन्त्रिपरिषद्बाट स्विकृत नै नलिई उनले पुरस्कार लिएका थिए। जबकि, विदेशी पुरस्कार लिन मन्त्रिपरिषद्को स्विकृत लिनु जरुरी हुन्छ।

सुशासनको लागि पुरस्कार पाएका व्यक्तिले आवश्यक कानुनी प्रावधान नै पूरस्कार प्राप्त गर्नु स्वयं पुरस्कारप्रतिकै व्यंग्य थियो। विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले लेखे– 'प्रधानमन्त्रीज्यु, यो सम्मान होइन, अपमान हो! तपाईं हामी सबैको प्रधानमन्त्री - जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर नुहाउने? धर्म प्रचारकले दिएको पुरस्कार थाप्ने?'

प्रधानमन्त्रीको आलोचना बढ्नुको अर्को कारण थियो, उनको सक्रियता। पाहुनाको स्वागतका लागि उनी केही दिनसम्म होटल सोल्टीमै बसेका थिए। सरकार नै आयोजक हुने सार्क तथा विम्स्टेक जस्ता सम्मेलनका बेलामा पनि नदेखिने सक्रियता र लगाब ओलीले यस कार्यक्रममा देखाएका थिए।

Xtrem

Xtrem

कार्यक्रममा भएका गतिविधिले पनि सरकारकै आलोचना भयो। युनिफिकेसन चर्चको प्रशंसा र त्यसकी प्रमुख हक जा हानको सम्मानमा शिर निहुर्‍याउँदै समिट सुरु भएको थियो। 'जिससकी छोरी' भनिएकी हानले कार्यक्रममा विशेष धर्मका पक्षमा खुला अभिव्यक्ति राखिन्, कैयौंलाई 'होली वाइन' खुवाएर आशिर्वाद दिइन्। धर्म परिवर्तनका विषयमा आलोचना भइरहने नेपालमा 'होली वाइन' खुवायो, त्यो पिएपछि मात्रै युनिभर्सल चर्चको सदस्य हुने मान्यता राखिन्छ । अर्थात्, सैद्धान्तिक रुपमा खुला ढंगले धर्म परिवर्तनको प्रयास गरियो।

'जिससकी छोरी'ले आफ्नो सन्देश ठाउँठाउँमा फैलाउन र ईश्वरीय (क्रिस्चियन) राष्ट्र स्थापना गर्न आग्रह गरिन्। सरकारको सक्रिय सहयोगमा भइरहेको कार्यक्रममा खास धर्म प्रतिको आग्रह आलोचनामुक्त रहने कुरै थिएन।

अर्थात्, समग्र कार्यक्रमभर सरकार नै एनजिओको कब्जामा परेजस्तो देखियो।

समिटले नेकपाभित्र पनि दुईथरि समूह देखियो। पूर्व माओवादी नेताहरुले समिटलाई खासै वास्ता गरेको देखिएन। उनीहरुले सार्वजनिक रुप विरोध गरेको पनि देखिएन। तर, सचिवालय बैठकमा भने प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको सक्रियतालाई लिएर विरोध गरेका थिए। 

अध्यक्ष प्रचण्ड पनि कार्यक्रममा कतै पनि देखिएका थिएनन्। उनी बिरामी भएको बताइए पनि आलोचनाबाट बच्ने जुक्ति निकालेको हुनसक्ने अनुमान भइरहेका छन्। पूर्व माओवादीमा प्रचण्ड निकट रहेका एकजना नेता पनि विवादित संस्थाद्वारा आयोजित कार्यक्रममा प्रचण्डले जानिबुझिकन नै सहभागिता नजनाएको हुनसक्ने बताउँछन्।

तर, पूर्व एमालेका धेरै नेताहरु चुप बसे पनि केही नेताहरुले भने सरकार र पार्टीको सक्रियतालाई लिएर चर्को आलोचना गरे। उनीहरुले ट्विटमार्फत नै आक्रोश पोखेका थिए। भिम रावलले ट्विट गरे– 'कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन। राष्ट्रिय हित र कूटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु पर्‍यो।'

उनको आक्रोशले सरकार र पार्टी राष्ट्रिय हित, कूटनीतिक मर्यादा र परिणामको ख्याल नै हेक्कै नगरी सक्रिय भएको अर्थ दिन्छ। जुन कुरा आम आक्रोशबाट पनि निष्कर्ष निकाल्न सकिन्छ।

त्यस्तै, अर्का नेता घनश्याम भुषालले नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको राष्ट्रिय परेडको मूल्य यस मुलुकका सन्तान-दरसन्तानले लामो समयसम्म तिर्नु पर्ने चेतावनी नै दिएl

सम्मेलन त सकिइसकेको छ। एक किसिमको आलोचना भइसरहेकै छ। तर, यसले पार्टीभित्र पनि बहसको कम्पनलाई विस्तारित गर्ने नै छ। निकट समयमा बस्ने भनिएको स्थायी समिति र केन्द्रीय समिति बैठकमा यो विषय पनि उठ्ने एक स्थायी समिति सदस्य बताउँछन्। भन्छन्– 'मचाहिँ कुरा उठाउँछु। हिजोको स्कुलिङ र आजको व्यवहारको विषयमा प्रश्न सोध्छौं।'

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५  १८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्