काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले उपत्यकाका विभिन्न अस्पताल अगाडिबाट ३८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको छ। ट्राफिकको टोलीले काठमाडौंका सिभिल, वीर, त्रिवि शिक्षण, कान्ति लगायत अस्पतालबाहिर ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको हो।
मिटरमा जान नमान्ने, यात्रुलाई गन्तव्यमा पुर्याोउन नमान्ने, बढी भाडा लिई यात्रु बोक्ने, अनेक बहाना बनाई यात्रुलाई सेवा दिन नमान्ने ट्याक्सीहरु नियन्त्रणमा लिई कारबाही गरिएको हो। ३८ वटा मध्ये मिटर समायोजन नगरेका ३ वटा, कागजपत्र नभएका २ वटा ट्याक्सीलाई थप कारबाहीका लागि नापतौल विभाग र यातायात विभाग पठाइएको ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी सर्वेन्द्र खनालले जनाएका छन्। उनका अनुसार कारबाहीका क्रममा ट्राफिक प्रहरीमाथि गालीगलौज गर्ने एक जना ट्याक्सी चालकलाई सार्वजनिक मुद्दामा कारबाहीका लागि प्रहरीमा पठाएइएको छ।
महाशाखाका अनुसार हर्न निषेधित कार्यलाई तीव्रताका साथ लागू गर्न सादा पोशाकमा समेत ट्राफिक प्रहरी परिचालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।