काठमाडौं- नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजबारे विवरण पठाउन सार्वजनिक लेखा समितले परराष्ट्र मन्त्रालयमार्फत बिक्रीकर्ता कम्पनी हाइफ्लाई एक्सलाई पत्र पठाएको छ।
जहाज खरिद गरिएको मूल्यबारे नेपाल वायुसेवा निगमले विवरण लुकाएको ठहर गर्दै समितिले खरिद मूल्यसहितको विवरण हाइफ्लाईसँग मागेको हो। पत्रमा खरिद मूल्य, कमिसन र मापदण्ड लगायतका विषयमा जानकारी मागिएको छ।
'नेपालमा लेखा समितिले अनियमितता भएको बारे छानबिन गरिरहेकाले सबै विवरण पठाउन भनेका छौं,' समितिअन्तर्गत उपसमितिका संयोजक राजन केसीले भने।
केसी संयोजक रहेको उपसमितिले जहाज खरिद अनियमितताबारे तयार पारेको प्रतिवेदन सार्वजनिक लेखा समितिमा केहीबेर अघि बुझाएको छ।
निगमले असार १४ मा पहिलो वाइडबडी विमान र साउन १० गते अर्को वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र्याएको थियो। निगमले दुई वाइड बडी जहाज २४ अर्ब रुपैयाँमा खरिद गरेको बताउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।